रुपन्देही ।
लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । शुक्रवार प्रदेशसभा सचिवालयमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले शुक्रवार नै पदभार ग्रहण गरेका छन् । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समितिका बुधवार सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।
प्रदेशसभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विष्णुप्रसाद पन्थी, कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेका जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा एमालेकै बाबुराम गौतम र अर्थ,उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी निर्वाचित भएका थिए ।
प्रतिक्रिया