मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
बिहीबार जिल्लाको शिबराज नगरपालिका ११ कन्चनियाको धोबिघाटस्थित सडवा बस्ने करन मौर्याको छोरा १४ बर्षीय आकाश मौर्याको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका मौर्यालाई प्रहरी टोली, परिवार र स्थानीयले खोजतलासी गर्दै जाने क्रममा डुबेको स्थान देखि अन्दाजी ३ किलोमिटर दक्षिण सिरिन्डिहवा गाउँ नजिकै सोही नदीको बीच भागमा बालुवा थुप्रेको ठाँउमा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया