मायादेवी अनलाइन, बुद्धभूमि ।
दिगो वन व्यवस्थापनका लागि मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा दिगो वन व्यवस्थापन तथा सम्बर्धनका लागि मिडिया अन्तरक्रिया कार्यक्रम बुद्धभूमि २ गोरुसिंगेमा बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा दिगो वन व्यवस्थापन तथा सम्वद्र्धनका लागि सञ्चारमाध्यम र पत्रकारको अहम भुमिका रहने कुरामा बिशेष जोड दिईएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदीले वन व्यवस्थापनका फरक आयामहरु र दिगो वन व्यवस्थापन के हो दिगो बन व्यस्थापनका लागी पत्रकार तथा सन्चार माध्यमको भूमिकाका बिषयमा केन्द्रित रहेर सहजीकरण गर्नुभएको थियो ।
उहाँले विगतमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार वन कार्ययोजना तयार गरी कार्यान्वयन हुदैं आएको बताउनु भयो । नमूना मापनको आधारमा वन श्रोत सर्वेक्षण गरी मौज्दात आँकलन गरि वार्षिक स्वीकार्य कटानमा आधारित वन व्यवस्थापन गरिदै आएको उहाँको भनाई छ । २०७१ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि अनुसार वन सम्बर्धन प्रणालीमा आधारित व्यवस्थापन हुंदै आइरहेकोमा हाल कार्यविधि खारेज भएको छ ।
२०७१ वमोजिम तथा सो अगावै तयार भै कार्यान्वयन भएका सामुदायिक,साझेदारी तथा चक्ला वनको कार्यायोजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको सुवेदिको भनाई छ ।
कार्यक्रममा वन व्यवस्थापन दिगो हुन पालन गर्नुपर्ने कुराहरु, अन्य वन व्यवस्थापनका कृयाकलापहरु, डिभिजन वन कार्यालयको वार्षिक प्रगति समिक्षा, सार्बजनिक सेवा प्रवाह, कार्यालयले गरेका नविनतम तथा उतकृष्ठ कार्यहरु, अन्य मुख्य समस्याहरू, समाधानका उपायहरू प्रस्तुत गर्दै पत्रकारहरुसंग सुझाव मागिएको थियो ।
कार्यक्रममा वैज्ञानिक वन ब्यवस्थापन कमिटी लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापा, पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम मार्फत जिल्लामा रहेर वन वातावरणत तथा वन्यजन्तु, सिमसार र वन विकासमा पत्रकारीताको माध्यमबाट गरेको योगदानको कदर गर्दै पत्रकार विकास वञ्जाडेलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै दिगो वन ब्यबस्थापनमा योगदान गरेको भन्दै नव प्रभात सामुदायिक वन र खुतखुते सामुदायिक बनलाई नगद र सम्मान पत्र सहित पत्रले सम्मान गरिएको थियो ।
अन्तरक्रियामा जिल्लाका करिब ३५ भन्दा बढि पत्रकारहरु उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण डिभिजन सहायक वन अधिकृत खिल बहादुर तामाङले गर्नु भएको थियो ।
प्रतिक्रिया