७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कार्यकर्ता होइन क्वालिटी दिने युवा शिक्षक नियुक्त हुन्छन्ः अध्यक्ष थापा



कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले करारमा नियुक्त गरेका शिक्षकको करार अवधी थप नगर्ने निणर्य गरेको छ । पालिकाले अभाव शिक्षक दरवन्दी पूर्ति गर्न स्वयसेवक शिक्षकको व्यवस्था गरेको थियो । पालिकाले कार्यविधी बनाई ५१ जना शिक्षक नियुक्त गरेको थियो । स्थानीयलाई प्राथमिकता दिँदा अधिकांश शिक्षक अध्यापन अनुमती पत्र नभएका नियुक्त गरेको थियो ।

पालिकाको शिक्षाको गुणस्तरमा सुधार नभए पछि पालिकाले नया नीति लिएको बताइएको छ । जस अन्तर्गत पालिका भित्रको शैक्षिक दरवन्दी मिलान, प्रधानाध्यापक सँग सुधारका लागि छलफल, दरवन्दी अपुग भएका विद्यालयमा कुशल शिक्षक नियुक्त गर्ने योजना बनाएको छ ।

सामाजिक सञ्जालमा विजयनगर गाउँपालिकाले कार्यकर्ता नियुक्त गर्न लाग्यो भनेर आरोप लगाएका छन् । तर नगरपालिकाले कार्यकर्ता नभएर कुशल शिक्षक तथा कर्मचारीलाई कार्यविधि निर्माण गरी नियुक्त गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । अव नियुक्त हुने शिक्षकलाई पालिकाले करार सम्झौता गरी शिक्षामा सुधारका लागि सर्त समेत दिइने बताइएको छ । निश्पक्ष तरिकाले युवा र शिक्षण अध्यापन शैली भएका क्वालिटी दिने खालका शिक्षक प्राथमिकतामा पर्ने बताइएको छ ।

गाउँपालिकामा शिक्षाको अवस्था खस्किँदै गएको भन्दै पालिकाको सार्वजनिक सुनुवाइमा समेत आवाज उठेको थियो । सार्वजनिक सुनुवाइमा टेक बहादुर भण्डारी, बालजी प्रसाद चौधरीले शिक्षाको गुणस्तर खस्किएको गुनासो गर्नु भएको थियो । सो कार्यक्रममा अध्यक्ष थापाले शिक्षाको गुणस्तर सुधारका लागि योजना बनाउने बताउनु भएको थियो ।

पालिकालाई शिक्षक विद्यार्थी अनुपात अनुसार ६५जना थप शिक्षकको आवश्यकता परेको शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले बताउनु भयो । नया विज्ञापन अनुसार शिक्षण अनुमती पत्र समेत अनिवार्य गरिएको छ । पालिकाले प्राथमिक तहको लागि १५ हजार ७ सय निमावि तह १८ हजार र माध्यमिक तहको लागि २२ हजार तलब स्केल समेत निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९ बुधबार ००:००  २ : ०९ बजे