मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुमा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा नंम्बर ९ सुखरामपुर बस्ने बर्ष अन्दाजी ४० बर्षीय संजय पासवानको बिहीबार दिउँसोे खोलाले बगाएर मृत्यु भएको कृष्णनगर प्रहरीले बताएको छ ।
खेतमा धानको बिउ राख्न जाने क्रममा सोही ठाउमा रहेको सुरही खोलाले बगाएर हराईरहेका पासवानको शव खोलाको किनारमा मृत अबस्थामा फेला परेको थियो ।
घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया