काठमाडौँ ।
श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान ४ विकेटले विजयी भएको छ।
श्रीलंकाले दिएको ३४२ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर ३४४ रज बनाउँदै पूरा गरेको हो।
पाकिस्तानलाई जित दिलाउने क्रममा अब्दुल्लाह शफिकले अविजित १६० रनको शतकीय पाली खेले।
त्यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए। श्रीलंकाका प्रबाथ जयसूर्याले ४ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन।
दोस्रो टेस्ट जुलाई २४ बाट सुरु हुनेछ।
प्रतिक्रिया