७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

पावरले हाकिम बनेका प्रमेश्वरले देखाए दोहोरो चरित्रः आफै कर्मचारी हटाए, आफैले विरोध जनाए



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले दोहोरो चरित्र देखाएका छन् ।

सरकारका अधिकृत तहको कर्मचारीले नै दोहोरो चरित्र देखाए पछि उनको सरकारी सेवामाथि नै प्रश्न चिह्न खडा भएको छ ।

मायादेवी गाउँपालिकामा पशु शाखाको प्रमुख रहेका यादवलाई तत्कालिन पालिका अध्यक्ष बजरंगी कुर्मीले चोर बाटोबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका थिए ।

त्यति बेला नै यादव माथि स्वंय पालिकाका कर्मचारी, सर्वसाधारण र विभिन्न राजनीतिक दलले प्रश्न उठाएका थिए ।

गाउँ कार्यपालिका बैठकबाटै यादवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने सर्वसम्मत निर्णय भएको भन्दै त्यति बेला पालिका अध्यक्ष कुर्मीले मायादेवी अनलाइनलाई प्रतिक्रिया दिंदै उनको बचाउमा उत्रिएका थिए ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत संघ सरकारले तोक्दै आएको छ । तर लामो समय पशु शाखामा काम गरेका यादवले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ले पनि उनी माथि सरकारी तवरबाटै मौन समर्थन रहदै आएको छ ।

जसपा नेपालको पावरबाट प्रमुख प्रशासकीय अधिकृत बनेका यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्शिवाद रहेको कर्मचारी बृत्तमा चर्चा चल्ने गरेको छ । यो मन्त्रालयको मन्त्री जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।

अहिले मायादेवी गाउँपालिका अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाए पछि उत्पन्न परिस्थितिले थप चर्चामा छ ।

पालिकाले साउन १ गते देखि अस्थायी, करार, ज्यालादारी कर्मचारी हटाए पछि यसको समर्थन र विरोध भइरहेको छ ।

जसपाले यो निणर्यको विरोध गरेको छ भने कांग्रेसले यसको स्वागत गरेको छ । दिनहुँ यसको विषयमा पालिकामा ज्ञापनपत्र बुझाउनेको लावालस्करै लाग्ने गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव स्वंयले नै अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने सूचना निकालेका थिए ।

कर्मचारी हटाउने निर्णयको सूचना

तर बुधबार उनले सामाजिक सन्जाल मार्फत यी कर्मचारी हटाउने आफैले हस्ताक्षर गरेको सूचना विपरित प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले करारका कर्मचारी हटाउने निर्णयको विरुद्धमा उत्रिएका हुन् । नेपाल पारा भेटेनरी एण्ड लाइभष्टक एशोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका यादवले सामाजिक सन्जालमा लेखेका छन्, ‘ हाल विषम परिस्थितिमा नेपालमा केही स्थानीय तहहरूले कृषि, पशु क्षेत्रमा काम गरिरहेका ओभिओटी साथीहरूलाई स्थानीय तहका करार सम्झेर हटाईरहेकोमा म र नेभ्ला कपिलबस्तु घोर भत्र्सना गर्दछु ।’

सामाजिक सन्जाल मार्फत उनले जनाएको विरोध यस्तो छ

यो काम आफैले मायादेवी गाउँपालिकाबाट सुरुवात गरेका हुन् । जिल्लाका १० पालिका मध्ये ९ पालिकाले करारका कुनैपनि कर्मचारी हटाएका छैनन् तर मायादेवीले हटाउने भएको छ ।

यी समाचार पढ्नुहोस्

मायादेवी गाउँपालिकामा ज्ञापनपत्रको चाङ, स्वयंसेवक शिक्षक पनि करारका कर्मचारी हटाउने विरुद्ध उत्रे

मायादेवी गाउँपालिकाका बेरोजगार युवाहरुले भनेः करारका कर्मचारी हटाउनू जायज

करारका कर्मचारी हटाउने निर्णय विरुद्ध मायादेवी गाउँपालिकाका वडाध्यक्ष नै विरोधमा उत्रिए

कपिलवस्तुको मायादेवी गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटायो

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ७ : ५९ बजे