मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा एक बर्षको अवधिमा ६९ जनाले सवारी दुर्घटनाबाट अकालमा ज्यान गुमाएका छन् ।
बढ्दो सवारी चाप, साँघुरा सडक, तीव्र गतिमा सवारी हाक्ने प्रवृत्ति, ट्राफिक उल्लङ्घनका कारण बर्षेनी सवारी दुर्घटनाबाट मानिसको अकालमा ज्यान जाने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले दिएको जानकारी अनुसार ०७८ को साउन देखि ०७९ को असार मसान्तसम्म एक बर्षको अवधिमा ६९ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका हुन् ।
दुर्घटनाको प्रकृति हेर्दा अधिकांश दुर्घटना मोटरसाइकलबाट भएका छन् । दुर्घटनाबाट ठूलो संख्यामा गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरीका अनुसार एक बर्षमा १ सय ४ जना गम्भीर घाइते भएका छन् । यो संख्या पनि मोटरसाइकलबाट धेरै भएको हो ।
प्रतिक्रिया