९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार उत्तीर्ण



काठमाडौँ ।
शिक्षक सेवा आयोगको माध्यमिक तह, अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक भएको छ । आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गर्दै देशभरबाट २३ हजार ७२ जना पास भएको जनाएको छ।

कुन प्रदेशबाट कति जना पास ?
प्रदेश नम्बर १ बाट ३ हजार ८८२ उत्तीर्ण – ४३ जनाको परीक्षा रद्द

मधेश प्रदेशबाट १ हजार ७२० जना उत्तीर्ण – ९६ जनाको परीक्षा रद्द

बागमती प्रदेशबाट ७ हजार १४५ जना उत्तीर्ण – १०८ जनाको परीक्षा रद्द

गण्डकी प्रदेशबाट २ हजार ६४५ जना उत्तीर्ण – ३६ जनाको परीक्षा रद्द

लुम्बिनी प्रदेशबाट ३ हजार ९७३ जना उत्तीर्ण – ६५ जनाको परीक्षा रद्द

कर्णाली प्रदेशबाट एक हजार ६४६ जना उत्तीर्ण – ३९ जनाको परीक्षा रद्द

सुदूरपश्चिम प्रदेशबाट २ हजार ६१ जना उत्तीर्ण – ५२ जनाको परीक्षा रद्द

आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ८ : ४९ बजे