मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं. ५ का वडाध्यक्षका विरुद्ध वडाबासी विरोधमा उत्रिएका छन् ।
वडाले कुनै सूचना नदिई आफ्नालाई मात्र कोभिड-१९ को राहत बाँडेको भन्दै एक हुल महिलासहितका वडाबासी वडा कार्यालय घेराउ गर्न गएका थिए ।
उनीहरुले आफ्नालाई मात्र होइन वास्तविक पीडितलाई न्यायोचित ढंगले क्षतिपूर्ती उपलब्ध गराउन वडा अध्यक्ष समक्ष आग्रह गरेका छन् ।
वडा अध्यक्ष छेदी प्रसाद कुर्मीले सरकारी नियम र मापदण्ड विपरित राहत वितरण गरेका थिए ।
वडाध्यक्ष कुर्मीले बाँडेको राहतमा वास्तविक पीडित, ज्यालादारी मजदुर, इट्टाभट्टामा काम गर्ने मजदुरको पहुँच पुग्न नसकेको हो ।
वडाबासीको विरोध पश्चात वडाध्यक्ष कुर्मीले आफुबाट गल्ती भएको स्विकार गरेका छन् । अबका दिनमा नीतिमा रहेरै काम गर्ने उनले वडाबासी समक्ष प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया