मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय विरुद्ध विरोध र समर्थन हुन थालेको छ ।
आइतबार मात्र कर्मचारी हटाउने निर्णय विरुद्ध पालिकाका ४ जना वडाध्यक्षले विरोध जनाए लगत्तै सोमबार बेरोजगार युवाहरुले यो निर्णयको स्वागत गरेका हुन् ।
पालिकाका स्थानीय युवाहरुले स्थानीय तहका करार र ज्यालादारी कर्मचारी नियुक्तीमा स्थानीयलाई प्राथामिकता दिनुपर्ने माग गरेका छन् ।
गाउँपालिकाले करार र ज्यालादारी कर्मचारीलाई काम नगर्न सूचना जारी गर्नु जायज भएको भन्दै उनीहरुले जागिरमा स्थानीयलाई प्राथमिकता दिन भन्दै गाउँपालिका अध्यक्ष वालिउद्धिन मुसलमान र प्रमुख प्रशासकीय अधिकतृ परमेश्वर यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।
युवाहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘गाउँकार्यपालिकाले असार ३१ गते निकालेको सूचना अनुसार गाउँपालिका भित्र रहेका सम्पूर्ण संस्था, वडा कार्यालय तथा सेवा केन्द्र शाखाहरुमा कार्यरत सम्पूर्ण अस्थायी सेवा करार तथा दैनिक ज्यालादारीमा कामकाज गर्दै आई रहेका कर्मचारीहरुलाई साउन गते देखि लागु हुनै गरी अर्को ब्यवस्था सूचना प्राप्त नभए सम्मका लागि हाजिर नगर्ने नगराउनेका लागि गाउँपालिकाको निर्णयलाई हामी मायादेवी गाउँपालिका सम्पूर्ण बेरोजगार युवाहरुले हृदय देखि स्वागत गर्न चहान्छौ ।’
साथै उनीहरुले ४ जना वडा अध्यक्षले यसको विरोध गरेको प्रति युवाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विगतका वर्षको कार्यकालमा उहाँहरुको दलको सत्ता र हालीमुहाली रहेको सबैलाई अवगत नै छ । सत्ताको चर्म दुरउपयोग गरी आफूनो दलको मात्र कार्यकर्ताहरु आसेपासे र विशेष बव्यक्तिहलाई करारको नाममा पालन पोषण गरी जागीर दिएको थाहा भएकै युवाहरुले आरोप लगाएका छन् ।
नेपाल सरकारको नियम अनुसार करारको अवधी ६ महिना मात्रै हो । देशको अधिकांश गाउँपालिकारनगरपालिका विगतका करार र अस्थायी कर्मचारीहरुलाई हाजिर नहुने लेखेको पत्र संचार मध्यमबाट जानकारी आई रहेको छ मायादेवी गाउँपालिकाले कार्यविधि पूर्याएर नयाँ विज्ञापन खोली क्षमतावान र उर्जावान कर्मचारीहरुलाई भर्ना गरी गाउँपालिकाको दुर्त गतिमा विकास हुने छ भन्नेआशा गर्दछौ युवाहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
यी पनि पढ्नुहोस्…
कपिलवस्तुको मायादेवी गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटायो
करारका कर्मचारी हटाउने निर्णय विरुद्ध मायादेवी गाउँपालिकाका वडाध्यक्ष नै विरोधमा उत्रिए
प्रतिक्रिया