मायादेवी अनलाइन, पकडी ।
अस्थायी, करार र ज्यालादारी कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको मायादेवी गाउँपालिका विरुद्ध वडाध्यक्ष नै विरोधमा उत्रिएका छन् ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले एक सूचना जारी गर्दै आव ०७९/८० का लागि अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई साउन १ गते देखि हाजिरी नगर्ने जनाएको थियो ।
उक्त निर्णय गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले एकलौटी गरेको भन्दै जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचन वडाध्यक्षले विरोध गरेका हुन् ।
जसपाका चार जना वडाध्यक्षले यसको विरोध गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव मार्फत अध्यक्ष वलिउद्दिन मुसलमानलाई ज्ञापनपत्र बुझाउँदै निर्णयलाई पुर्नविचार गर्न आग्रह गरेका छन् ।
गाउँ कार्यपालिकामा कुनै छलफल नगरि एकलौटी ढंगले गरिएको उक्त निर्णय व्यक्तिगत स्वार्थ प्रेरित भएको वडा नं. ३ का वडाध्यक्ष शैलेन्द्रकुमार यादवले आरोप लगाए ।
करारका कर्मचारी हटाउने निर्णयले वडा कार्यालयमा तत्काल कर्मचारी अभाव भएको र कामकाजमा समस्या भएको भन्दै निर्णय सच्याउन वडाध्यक्ष यादवले माग गरेका छन् ।
गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा मुसलमान र उपाध्यक्षमा यादवले जितेका थिए ।
वडामध्ये ४ वडामा जसपाले जित निकालेको थियो ।
०७४ का पालिकाको अध्यक्ष जसपाका बजरंगी कुर्मीले जितेका थिए । ०७९ मा भने कुर्मी पराजित हुन पुगेका थिए ।
कुर्मीले आफु सत्तामा हुँदा विभिन्न विषयगत शाखाका गरि करिब २ सय ६० भन्दा बढी कर्मचारी भर्ना गरेका थिए ।
यो पनि पढ्नुहोस्… कपिलवस्तुको मायादेवी गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटायो
प्रतिक्रिया