मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले दुई जना कर्मचारीको माग गर्दै दरखास्त खुलाएको छ । आइतबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै बाणगंगाले रोजगार संयोजक र सहायक गरि दुई जना कर्मचारीको माग गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि माग गरिएका दुई कर्मचारीलाई बाणगंगाले लिखित र प्रयोगात्मक परिक्षा लिई एक बर्षका लागि करारमा नियुक्त गर्ने छ ।
रोजगार संयोजकका लागि कम्तिमा स्नातक उत्तिण गरि २१ बर्ष पूरा भई ४५ बर्ष ननाघेको, आधारभूत कम्युटर सीप सम्बन्धी कम्तिमा ३ महिना तालिम लिएको हुनुपर्ने छ ।
रोजगार सहायकका लागि प्रवीणता प्रमाणपत्र उत्तीण गरेको, १८ बर्ष पूरा भई ४५ बर्ष ननाघेको र आधारभूत कम्युटर सीप सम्बन्धि कम्तीमा ३ महिनाको तालिम लिएको प्रावधान राखिएको छ ।
दरखास्त दिने अन्तिम मिति साउन १५ गतेसम्म रहेको छ ।
यस्तो छ सूचना
प्रतिक्रिया