६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

राष्ट्रिय प्रजातन्त्र पार्टी संगठन विस्तारमा जुट्यो, बाणगंगा ४ मा वडा कमिटी गठन



मायादेवी अनलाइन, बाणगंगा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु संगठन विस्तारमा जुटेको छ ।

जस अन्तर्गत बाणगंगा नगर समितिद्धारा आयोजित भए बिशेष भेलाबाट नगरको वडा नं ४ मा ईश्वर कुँवरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ ।

समितिको उपाध्यक्षमा पदम बहादुर थापा, सचिवमा सुभाष पन्थ, कोषाध्यक्षमा सुर्जित सिंह ठकुरी, आदिबासी तथा महिलाबाट बिना चौधरी, दलित महिलाबाट सुमित्रा दर्जी सदस्यमा रहनुभएको छ भने बाँकी सबै सदस्य पदमा चयन हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला संगठन बिभाग प्रमुख राजेन्द्र बिक्रम शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै शाहले यसै गरि आगामी दिनमा नगरमा संगठन बिस्तारको लागि बिशेष अभियान सञ्चालन गर्ने बताउनुभयो ।

यस्तै किसान, महिला, युवा र बिद्यार्थीहरुको संगठनलाई तिब्र गतिमा बिस्तार गर्ने योजना रहेको पनि नेता शाहले बताउनुभयो । पार्टीका नेता सम्मर बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगा नगरका प्रवक्ता भिमराज शाहीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नगर कमिटी अध्यक्ष गिरीराज कडेल, सल्लाहकार शेरबहादुर मल्ल, निर्मल शाही लगायतको उपस्थिति रहेको थियो । यस्तै बिशेष भेलाले पार्टी कार्यालय पनि स्थापना गरेको छ । पछिल्लो समय राप्रपाको शक्ति बाणगंगामा बढ्न थालेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  ५ : २५ बजे