७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कपिलवस्तुको मायादेवी गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटायो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई तत्कालका लागि हटाएको छ ।

आफु मातहतका कार्यालयलाई साउन १ गते देखि करार र ज्यालादारी कर्मचारीलाई हाजिरी नगराउन निर्देशन दिदैं गाउँपालिकाले एक सूचना निकालेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवद्धारा हस्ताक्षरित सूचनामा साउन १ गते देखि करार र ज्यालादारीको हाजिरी अर्को व्यवस्था नभएसम्मका लागि नगराउने उल्लेख छ ।

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष र उपाध्यक्ष जितेका थिए ।

यसभन्दा अगाडी यहाँ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष र उपाध्यक्ष थिए ।

पछि उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

सत्ता परिवर्तनको असरले गाउँपालिकाले यस्तो निर्णय गरेको हुन सक्ने कर्मचारीले आशंका गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  १२ : २० बजे