१८ पुस २०८१, बिहिबार | Thu Jan 2 2025

नेता भएजस्तो सजिलो छैन साहित्यकार हुन्ः मुख्यमन्त्री राई



झापा ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले साहित्यकार हुन नेता भए जस्तो सजिलो नभएको बताएका छन् । उनले सबै नेताले कविता लेख्न र साहित्य सिर्जना गर्न नसक्ने दाबी समेत गरे ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले हिजो काँकडभिट्टामा आयोजना गरेको २०९औँ भानु जयन्तीमा बोल्दै उनले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्यमा विशिष्ट योगदान पुर्‍याएको बताए।

मुख्यमन्त्री राईले भानुभक्त प्रतिगामी र यथास्थितीवादी भएको आरोप समेत लगाए। उनले भानुभक्त क्रान्तिकारी र प्रगतिशील कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील ५ जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा साहित्याकार मोदनाथ प्रश्रित, मातृकाप्रसाद संग्रौला, भानुभक्त कुभिण्डेली, क्या.गोपिलाल लिम्बु र पत्रकार जिएन शर्मा छन् ।

साहित्यकार प्रश्रितलाई एक लाख १ हजार र अन्य साहित्यकार तथा पत्रकारलाई जनही २१ हजार नगदसहित सम्मान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले भानु स्मारिकाको सातौँ संस्करण अनावरण गरेको कार्यक्रममा साहित्यकार यज्ञराज प्रसाईंको ‘जीवनको अन्तराल’ निबन्ध संग्रह र भानुक्त कुभिण्डेलीको ‘सच्चा सारथी’ महाकाब्य लोकार्पण गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७९ बिहिबार ००:००  ७ : १६ बजे