मायादेवी अनलाइन, बाणगंगा ।
रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको अध्यक्षमा मोहन बेल्वासेले जिम्मेवारी सम्हालेका छन् । निवर्तमान अध्यक्ष माधव भाटले वर्ष २०२२।२०२३ का अध्यक्षलाई पद हस्तान्तरण गर्दै बेल्वासेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
रोटरीको कार्यसमितिमा निवर्तमान प्रिजडेन्ट माधवमाट क्षेत्री, इलेक्ट प्रिजडेन्ट गिरिराज पौडेल, प्रिजडेन्ट नोमिनी मित्रलाल कँडेल, भाइस प्रिजडेन्ट प्रथम विष्णु माया श्रेष्ठ, भाइस प्रिजडेन्ट सेकेन्ड बद्री काफ्ले, भाइस प्रिजडेन्ट तर्ड लेखा शर्मा घिमिरे, भाइस प्रिजडेन्ट फोर्थ बुद्धि पौडेल, सचिव कान्ता गहतराज, कोषाध्यक्ष बोम बहादुर कुँवर, क्लब टिआएफ अंजु अधिकारी, क्लब एडमिनिट्रेशन चेयर विष्णु अर्याल, लिटरेची चेयर रोमकान्त घिमिरे, सर्जेन्ट एट आर्मस हेमन्त थापा, सम्पादक टेकेन्द्र क्षेत्री, सह कोषाध्यक्ष गौरब डुम्रे, सहायक सम्पादक कृष्ण घिमिरे, सहायक सचिव डिल बहादुर सुनार, सर्जेन्ट एट आर्मस सेकेन्ड चन्द्रा अर्याल, क्लब मेन्टर (पूर्व अध्यक्ष) नरेश पौडेल, वेम मास्टर नारायण पाण्डे, प्रेस सल्लाहकार कृष्ण प्रसाद पौडेल रहेका छन् ।
पद हस्तान्तरण कार्यक्रममा बाल्दै डिष्ट्रिक गर्भनर इलेक्ट राजेन्द्र ध्वजूले समाजसेवामा समर्पित रोटरी क्लबले समाजसेवा बाहेक अन्य कुनै विषय नसोचेको बताए । ध्वजूले विश्वभर फैलिएको यो संस्थामा आबद्ध हामी सबैले रोटरीको भावना अंगिकार गर्नुपर्ने बताए । ध्वजूले नया कार्यसमितिलाई नमूना सिर्जनशील कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले यस नगरमा स्थापित रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले नगरमा थोरै समयमा उत्कृष्ट योगदान गरेको बताउँदै सामाजिक कार्यमा अझ सक्रिय भएर लाग्न र आफ्नो तर्फ र नगरबाट पूर्ण सहयोग रहने बताए ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले रोटरीले शिक्षा स्वास्थ्य वातावरण लगायतमा क्षेत्र र पोलियो उन्मुलनसँगै देशमा उत्पन्न अभूतपूर्व संकट कोभिडको समयमा समेत महत्वपूर्ण योगदान गरेको आफूले देखेको बताउँदै आफूहरु सामाजिक संघसंस्थासँग हातमा हात राखेर अघि बढ्ने बताए ।
वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले भौतिक विकासले मात्र मान्छे खुसी नहुने बताउँदै बिकासलाई सभ्यतासँग जोड्नु पर्ने कपिलवस्तुका १० वटा पालिकामध्ये सबैभन्दा बढी विकास भएको पालिका भए पनि लागूऔषध, दुर्घटना न्यूनीकरण लगायतका क्षेत्रमा रोटरीले थप काम गर्न आग्रह गरे । कार्यक्रममा छिमेकी जिल्लाका रोटरीका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष माधवभाटले सब पदाधिकारीको उतिकै सहयोग र योगदानले गर्दा आफू रोटरी डिस्टृक ३२९२ नेपाल-भुटानबाट ३ वटा अवार्ड पाएको ती अवार्डहरु क्लबका सम्पत्ति भएको बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष भाटले आफूलाई सहयोग गर्ने सहयोगी मनहरुलाई मायाको चिनोले सम्मान गरेका थिए ।
प्रतिक्रिया