परासी ।
पेट्रोल पम्पमा इन्धनको कालोबजारी बढेको जनगुनासो आएपछि संयुक्त जिल्ला बजार अनुगमन समितिले सोमबार नवपरासीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्धनको परिमाण नै कम गरेर बेच्ने गरेको भेटेपछि रामग्राम–६ स्थित सन्तोष आयल स्टोर्समा सिलबन्दी गरिएको छ ।
समितिले परासी, पाल्हिनन्दन र सरावलका गरी ६ वटा पेट्रोल पम्पमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सन्तोष आयल स्टोर्समा रहेको सि नं २ को पेट्रोल बितरण पम्पमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलको ५ लिटर क्षमताको स्टाण्डर्ड मेजरले चेकजाँच गर्दा प्रति ५ लिटरमा ७० एम।एल। कमी देखिएको निरीक्षक अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । उक्त कार्य स्टाण्डर्ड तथा नापतौल ऐन २०२५ र नियमावली २०२७ विपरीत देखिएकोले सि नं२ को पेट्रोल बितरण पम्पबाट पेट्रोल बिक्रीबितरण कार्य आजैका मितिबाट बन्द गर्न निर्देशन दिएको गुणस्तर तथा नापतौल बुटवलका निरीक्षक दिपेन्द्र रोकाहाले जानकारी दिए ।
अनुगमनको क्रममा जिल्लाको पाल्हीनन्दन गाउँपालिमा रहेको पटेल जनरल स्टोर्स पेट्रोल पम्प, रामस्नेही स्टोर्स पेट्रोल पम्प, जयसवाल, आयल स्टोर्स पेट्रोल पम्प, सरावल गाउँपालिकाको वडा नं। ६ मा रहेको पृथ्वी आयल सप्लायर्स, शुभलक्ष्मी आयल सप्लायर्स पेट्रोल पम्प तथा रामग्राम वडा ६ मा रहेको सन्तोष आयल स्टोर्स गरी ६ वटा पेट्रोल पम्प अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेयले बताए । यस्तै सरावल गाउँपालिकामा रहेको पञ्चमूखि एक्वा पानी उद्योग, मुस्कान रेष्टुरेन्ट र पाल्हीन्दन गाँउपालिकामा रहेको आलोक किराना पसलमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो ।
प्रतिक्रिया