मायादेवी अनलाइन, कपिलवस्तु ।
लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा कपिलवस्तुका सक्रिय पत्रकार सनिउल्ला धोवीले उम्मेदवारी घोषणा गरेका छन् ।
युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको धोबीको भनाई छ ।
डेढ दशक देखि पत्रकारितामा आबद्ध धोवी जिल्लाका सक्रिय तथा निडर पत्रकार रुपमा छवि बनाएका छ्न् । विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका उनी हाल राष्ट्रिय समाचार समिति कपिलवस्तुका संवाददाता, जनता टेलिभिजन, मेचिकाली दैनिक, लगाएतका संचार माध्यममा आबद्ध छन भने कपिलवस्तु मिडिया प्रालिका प्रबन्ध निर्देशक समेत रहेका छन ।
चन्द्रौटामा रहेको सामुदायिक रेडियो समानताबाट पत्रकारिताको यात्रा सुरु गरेका धोविले पत्रकारिता क्षेत्रमा लागेको डेढ दशकमा आफुलाई जिल्लामा अब्बल पत्रकारको रुपमा पहिचान बनाउन सफल भएका छन ।
हेटौडामा हुने प्रेस युनियनको महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई केन्द्रीय सदस्यमा मतदान गरि विजयी बनाउनु हुन समेत धोविले आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँएसँगै महाधिवेशन रौनक छाएको छ ।
प्रतिक्रिया