११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

गुल्मीमा ब्यक्ति हत्याको घटनामा कमी



गुल्मी।

गुल्मीमा विगतका वर्षहरुमा तीन ठूला रहश्यमय हत्या काण्डको रहश्य खुलेसंगै त्यस यताका वर्षहरुमा ब्यक्ति हत्याको घटनामा कमी हुँदै आएको पाइएको छ ।

तर, बलात्कार घटना र आत्माहत्या घटना भने बढ्दो रुपमा पाईएको छ । जिल्ला सुरक्षा समितिले आयोजना गरेको आपराधिक नक्सामा आधारित अपराध न्यूनिकरण सम्वन्धि जनचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रस्तुत गरेको चार वर्षे अपराधिक गतिविधिको विवरणबाट त्यस्तो पाइएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले प्रस्तुत गरेको विवरणमा आर्थिक बर्ष २०७५र०७६ मा ६ वटा हत्या घटना भएका थिए । जसमा ५ वटा घटना प्रहरी फच्र्यौट गर्न सफल भएको छ भने एउटा मात्र बाँकी छ । आर्थिक बर्ष २०७६र०७७ मा ८ वटा हत्या घटना भएका थिए । जसमा ८ वटै हत्या घटनाका अपराधीपाई प्रहरीले पक्राउ गरि कार्बाहीको दायरमा ल्याउन सफल भएको छ ।

आर्थिक बर्ष २०७७र०७८मा ६ वटा ब्यक्ति हत्याका घटना घटेका थिए । त्यसमा पनि प्रहरी पुरै घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको छ । आर्थिक बर्ष २०७८र०७्९ को गत जेठ महिना सम्म जम्मा ३ वटा मात्रै ब्यक्ति हत्याका घटना भएका छन् र त्यसमा पनि प्रहरी सफल भएको देखिन्छ ।
यस अवधीमा ७ वटा ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएकोमा ७ वटै पच्र्यौट भएको प्रहरी विवरणमा उल्लेख छ । आत्मा हत्या घटनामा पनि गत बर्ष चार बर्ष यता क्रमिक रुपमा बढ्दो देखिन्छ । आर्थिक बर्ष २०७५र०७६ मा झुण्डिएर ४७ जना , विष सेवन गरि ९ जना , पानीमा डुबेर १ जना र हाम्फालेर १ गरि कुल ५२ जनाले आत्माहत्या गरेको प्रहरीले विवरण तयार गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६र०७७ मा झुण्डिएर कुल ८० जनाले ज्यान लिएका छन् । आर्थिक बर्ष २०७७र०७८ मा ९४ जनाले र यस आर्थिक बर्षको जेठ महिना सम्म ६९ जनाले आत्माहत्या गरेका छन् । त्यस्तै बलात्कार घटनामा पनि कमी आएको देखिँदैन । पहिलो आर्थिक वर्षमा २ बलात्कार प्रयास सहित १९ वटा बलात्कार सम्वन्धि घटना घटेका थिए ।

दोश्रोमा २ बलात्कार प्रयास सहित १५ वटा बलात्कार सम्वन्धि घटना घटेका थिए । तेश्रोमा ५ वटा बलात्कार प्रयास सहित २१ वटा बलात्कार सम्वन्धि मुद्धा परेका थिए । यसै चौथो आर्थिक बर्षको जेठ सम्म एउटा उ्द्योग सहित १६ वटा बलात्कार सम्वन्धि मुद्दा परेका छन् भने एउटा बाहेक प्रहरी अन्य घटनामा बलात्कार आरोपी समात्न सफल भएको निमित्त जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरक्षक श्याम प्रकाश यादवको दावी छ ।

जेठ महिनाको २५ गते राति गुल्मीमा विरलै घटनले र सर्वसाधरणले पत्याउनै नसक्ने श्रीमानद्धारा श्रीमति बलात्कारको घटना घट्यो । त्यस्तै असार महिना भित्रिए लगत्तै जेठाजुद्धारा भाई बुहारी बलात्कारको घटनाले घट्यो । जुन घटनाको जनस्तरबाट घोर निन्दा भईरहेको छ ।

त्यस्तै सवारी दुर्घटनामा पहिलो वर्ष ११ जनाको ज्यान गएको थियो । दोश्रो बर्ष बर्ष ७ जनाको , तेश्रो वर्ष १० जनाको र यस आर्थिक बर्षको गत जेठ महिना सम्म ८ जनाको ज्यान गएको छ । त्यस्तै भिरबाट लडेर, खोलाले बगाएर , विभिन्न क्रममा घाइते भएर भबित्व्य ज्यानका मरुपमा पहिलो बर्ष ३९ जनाको ज्यान गएको छ । दोश्रो वर्ष ४१ जना , तेश्रो वर्ष ३८ जना र चौथो वर्षको जेठसम्म ५२ जनाको ज्यान गएको छ ।

गत चार वर्षमा भबित्व्य ज्यानका रुपमा मृत्यु हुनेको संख्या सबैभन्दा ठुलो हो । त्यस्तै फुटकर मृत्यु, आर्थक मृत्युको कारण थाह नपाई पहिलो बर्ष १४ जनाको ज्यान गएको छ । दोश्रो वर्षमा २४ जना , तेश्रो वर्ष २१ जना र चौथो वर्षको गत जेठ सम्म १४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २५ असार २०७९ शनिबार ००:००  ५ : ०५ बजे