१८ पुस २०८१, बिहिबार | Fri Jan 3 2025

बाणगंगाको बागेश्वरी सामुदायिक बनद्धारा नदी कटानको जोखिम क्षेत्रमा वृक्षारोपण



मायादेवी अनलाइन, बाणगंगा।

बर्सेनि नदी कटानको समस्या झेली रहेको बाणगङ्गा नदी किनाराको क्षेत्रमा बागेश्वरी सामुदायिक बन उपभोक्ता समूहले वृक्षारोपणको काम थालेको छ ।

संरक्षण अभावमा रहेको यो भूमि बर्सेनि नदी कटानले हेक्टरौ क्षेत्र नासिदै गएको थियो ।

डिभिजन बन कार्यालय कपिलवस्तुको बार्षिक कार्यक्रम अन्तर्गत रु। १८ लाखको लगानीमा बागेश्वरी सामुदायिक बनले आफ्नो क्षेत्रमा पर्ने उक्त भूमिमा झन्डै ३० हजार बिरुवा रोप्न थालेको हो ।

शुक्रवार देखि वृक्षारोपणको काम थालिएको सामुदायिक बनका अध्यक्ष कल्लु थारुले जानकारी दिए ।

सामुदायिक बनले यहाँ टिक, सिसौ, सफेदा, खैर, जामुन लगायतका बिरुवा रोप्ने योजना बनाएको अध्यक्ष थारुले बताए ।

अहिले रोपेको बिरुवा हुर्कदै जादा नदी कटानको समस्या समाधान हुने सामुदायिक बनले बिश्वास लिएको छ । साथै अबको बीस बर्ष भित्र यी बिरुवा सामुदायिक बनमा आम्दानीको प्रमुख स्रोत बन्ने दावी सामुदायिक बनका उपाध्यक्ष भरत कार्कीको छ ।

वृक्षारोपणमा सामुदायिक बनका उपभोक्तालाई दैनिक ज्याला दिएर काममा लगाएको छ । वृक्षारोपण गरिएको क्षेत्र आसपास तारजाली लगाएको छ । जसले बिरुवा हुर्कदै गर्दा क्षति कम हुने अपेक्षा उपाध्यक्ष कार्कीले गरे ।

बागेश्वरी बनका उपभोक्ता बाणगंगा वडा नम्बर ५ र ६ का रहेका छन् । बन क्षेत्रमा बर्सेनि नदी कटानले समस्या पारिरहेको छ । सामुदायिक बनले यसभन्दा अगाडि पनि नदी उकास क्षेत्रमा बिरुवा रोपेर संरक्षणको पहल थालेको थियो ।

वृक्षारोपण कामको शुभारम्भ गर्दै डिभिजन बन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बागेश्वरीको १८।५ हेक्टर क्षेत्रफलमा प्रदेश सरकारको सहयोगमा वृक्षारोपण हुन थालेको र यस अभियानले वन संर्वद्धन, प्रर्वद्धन र जलवायु परिवर्तन न्युनिकरणमा समेत टेवा पुग्ने बताएका थिए ।

पछिल्लो समय स्थानीय सार्वजनिक जग्गा अभावका कारण बन क्षेत्र अतिक्रमण गरि विभिन्न संरचना बनाउने कार्य बढ्न थालेको बताउदै उनले बन भित्र कुनै पनि किसिमको संरचना तथा अतिक्रमणका कार्य हुन नदिन सबै सचेत हुनुपर्ने बताएका थिए ।

उनले वागेश्वरी सामुदायिक बनले आटेको यस कार्यको प्रशंशा समेत व्यक्त गरेका थिए ।

सोही अवसरमा वडा नं ५ का अध्यक्ष दुनिका प्रसाद भुसालले बन संर्वद्धनको यस कार्य निकै प्रसंसनीय भएको बताउदै नाङ्गो डाडो अब हरियाली हुने र बन उत्पादनमा वृद्धि भई आए आर्जनमा टेवा पुग्ने बिश्वास जनाए ।

वडा ६ का अध्यक्ष करुण टण्डनले स्थानीय सरकारसंगै सहकार्य नभई बनले एकलौटी यस प्रकारको काम गरेको भन्दै आपत्ती प्रकट गरेका थिए

प्रकाशित मिति : २५ असार २०७९ शनिबार ००:००  ३ : २० बजे