मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमिमा नगर स्तरीय थारु संस्कृति संरक्षण समिति गठन गरिएको छ ।
बुद्धभूमि नगरपालिका वडा नम्बर ४ का पवन कुमार थारुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।
थारु निवर्तमान वडा अध्यक्ष समेत हुन् ।समितिको उपाध्यक्षमा चन्द्रमान थारु, सचिवमा दिनेश थारु,सह सचिवमा शिव गुलाम चौधरी,कोषाध्यक्षमा शिवकुमारी थारू रहेका छन् ।
समिति गठनमा नगरपालिकाकी नगर उपप्रमुख मीरा थारु समेत सहभागी थिइन् । समिति गठन पछि उपप्रमुख थारुले समितिले थारु समुदायको भाषा, कला, संस्कृती, भेषभुषाको संरक्षण, सम्बर्द्धनमा महत्त्वपूर्ण काम गर्ने बिश्वास व्यक्त गरिन । थारु समुदायको संस्कृति बचाउने दायित्व अहिलेको पुस्ताको रहेको भन्दै नगरपालिकाले यो समितिसङ्ग सहकार्य गरि काम गर्ने उनले बताइन् ।
बुद्धभूमिमा थारु समुदायको बाक्लो बसोबास छ । नगरको वडा नम्बर ४ मा नगरपालिकाले थारु सङ्गग्राहलय बनाउने गरि काम थालिसकेको छ ।
प्रतिक्रिया