२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024

अष्ट्रेलिया तेस्रो दिनमै १० विकेटले विजयी



काठमाडौं ।
ट्रभिस हेड र नाथन लियोनले कसिलो ब्याटिङ गरेपछि अष्ट्रेलिया श्रीलंकाविरुद्धको पहिलो टेष्टमा १० विकेटको विजय हासिल गरेको छ ।

श्रीलंकाले दोस्रो इनिङ्समा ११३ रन जोड्दा सबै विकेट गुमाएपछि अष्ट्रेलियाले जितका लागि ५ रनको लक्ष्य पाएको थियो । जुन अष्ट्रेलियाले विना विकेट क्षति ४ बल खेलेर पूरा गरेको थियो । अष्ट्रेलियाले तेस्रो दिनमै विजय हासिल गरेको हो । जितसँगै अष्ट्रेलियाले दुई खेलको टेष्ट शृंखलामा १–० को अग्रता लिएको छ ।

पाहुना टोली अष्ट्रेलियाले ३१३र८ को स्थितिबाट तेस्रो दिन थालेको थियो । तेस्रो दिन सुरु गर्दा अष्ट्रेलियाका पाट कुमिन्स २६ र नाथन लियोन ८ रनको स्थितिमा थिए । कु्मिन्सले अघिल्लो दिनको रनमा थप्न सकेनन् । लियोन १५ रनमा अविजित रहे । मिचेल स्वेप्सनले एक रन बनाए ।

अष्ट्रेलियाका लागि अघिल्लो दिन क्यामरुन ग्रीनले ७७ रन बनाउँदा ओपनर उस्मान ख्वाजाले ७१, एलेक्स क्यारीले ४५, डेबिड वार्नरले २५, मार्नुस लाबुसेनले १३ र मिचेल स्टार्कले १० रन बनाएका थिए । श्रीलंकाका रमेश मेन्डिसले ४ विकेट लिए । असिथा फर्नान्डो र जेफ्री भान्डेरसेले समान दुई विकेट लिए । धनन्जय डी सिल्भाले १ विकेट लिए ।

अष्ट्रेलियाले पहिलो इनिङ्समा १०९ रनको अग्रता लिएको थियो । श्रीलंकाले पहिलो इनिङ्समा २१२ रन बनाएको थियो ।
दोस्रो इनिङ्समा अष्ट्रेलियाका लियोन र हेडले समान ४ विकेट लिएपछि श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । श्रीलंकाका लागि दोस्रो इनिङ्समा दिमुथ करुणारत्नेले सबैभन्दा धेरै २३ रन बनाएका थिए । ओपनर पाथुम निसान्काले १४, दिनेश चण्डीमलले १३, ओशादा फर्नान्डोले १२ र धनन्जय डी सिल्भाले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोभिड–१९ संक्रमणका कारण श्रीलंकाका एन्जेलो म्याथ्युजले दोस्रो इनिङ्समा ब्याटिङ गर्न पाएनन् । उनको स्थानमा ओशादा फर्नान्डोलाई टिममा राखिएको थियो ।

अष्ट्रेलियाका हेडले २।५ ओभरमा १० रन दिएर ४ विकेट लिएका थिए भने लियोनले ११ ओभरमा ३१ रन दिएर ४ विकेट लिएका थिए । लियोनले पहिलो इनिङ्समा पनि ४ विकेट लिएका थिए । नाथन र हेडलाई स्विपसनले दुई विकेट लिएर साथ दिएका थिए ।

दोस्रो टेष्ट ८ जुलाईबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १७ असार २०७९ शुक्रबार ००:००  ५ : ०८ बजे