२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024

मकवानपुरका पाण्डे रुपन्देहीको सिडिओमा सरुवा



काठमाडौँ ।
गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई रुपन्देहीको प्रजिअमा सरुवा गरेको छ भने रुपन्देहीका ऋषिराम तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा पठाएको छ । मकवानपुरका प्रजिअ पाण्डे सक्रिय र काम गर्ने प्रजिअका रूपमा चिनिन्छन् ।

मकवानपुरमा मन्त्रालयका राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्र बैतडीको प्रजिअबाट मन्त्रालय ल्याइएका थिए ।

प्रकाशित मिति : १७ असार २०७९ शुक्रबार ००:००  ४ : ५० बजे