७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सिद्धार्थ स्मारक मावि भेलाईका गैरेलाई बक्तृत्वकला प्रतियोगीताको उपाधि



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगीताको उपाधि सिद्धार्थ स्मारक माध्यमिक विद्यालय भेलाईका छात्र मनोज गैरेले जितेका छन् ।

सोमबार श्री मावि इमिलियामा भएको नगर भित्रका अन्तर मावि स्तरीय बक्तृत्वकला प्रतियोगीताका प्रतियोगीले भन्दा उत्कृष्ट प्रतिभा प्रस्तुत हुँदै गैरे नगर प्रथम भएका हुन् ।

बुद्धभूमि नगरपालिकाको आयोजना र मायादेवी मिडिया ग्रुप प्रालिको सहजिकरणमा भएको प्रतियोगीतामा श्री माध्यमिक विद्यालय इमिलियाकी छात्रा प्रार्थना बेल्वासे दृतिय भएकी छिन् ।

प्रतियोगीतामा सोसीयल इंग्लिस बोर्डिङ स्कूल गोरुसिंगेकी छात्रा मनिसा खनाल तृतिय हुँदा जनकल्याण मावि बरकुलपुरकी छात्रा छमा पोख्रेल सान्त्वना स्थान आउन सफल भएकी छिन् ।

प्रतियोगीतामा नगरभित्रका ११ विद्यालयका प्रतियोगीता सहभागी थिए ।

प्रतियोगीताको उद्घाटनसत्रमा बोल्दै बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले विद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटित गर्न यस्ता प्रकारका प्रतियोगीता फलदायी हुने बताउनुभयो । विद्यार्थीलाई रचनात्मक हिसाबले अब्बल बनाउन बुद्धभूमिले विभिन्न किसिमका सृजनात्मक कार्यक्रम विद्यार्थी माझ ल्याइरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीको चौतर्फी विकासमा जोड दिदैं उहाँले आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रम सञ्चालन हुने उहाँको भनाई छ ।

मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीको अध्यक्षमा भएको प्रतियोगीतामा प्रथम, दृतिय, तृतिय र सान्त्वना स्थान आउने प्रतियोगीलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइएको थियो ।

‘कृषि, बन, पर्यटन, जलाशय र पूर्वाधारः खुसी, सुखी बुद्धभूमिको मूल आधार’ विषयकमा भएको बक्तृत्वकला प्रतियोगीताको सञ्चालन पत्रकार दिपक अनुरागीले गर्नुभएको थियो ।

प्रतियोगीतामा निर्णायक मण्डलका रुपमा बाणगंगाको बाल माविमा अध्यापनरत शिक्षक सूर्य चुँदाली र सिद्धार्थ क्याम्पसका उप-प्रध्यापक रमेश पौडेल रहनुभएको थियो । प्रतियोगीताको छायाङ्न मायादेवी अनलाइन टिभीले गरेको छ । केहीँ दिन पछि अनलाइन टिभीमा उक्त प्रतियोगीता हेर्न मिल्ने उक्त मिडियाले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९ सोमबार ००:००  ८ : ५३ बजे