१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कपिलवस्तुमा पहिरोमा परि बेपत्ता भएका दुई मध्ये एक जनाको शव फेला



मायादेवी अनलाइन, चारनम्बर ।
अवरिल बर्षासंगै आएको पहिरोले पुरिएर बेपत्ता भएका दुई जना भारतीय नागरिक मध्ये एक जनाको शव फेला परेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ पैरा खोलामा सोमबार विहान दुई जना भारतीय नागरिक पहिरोमा परि बेपत्ता भएका थिए ।

प्यूठानको स्वर्गद्धारी मन्दीर दर्शन गरि फर्कदै गर्दा भारतको बालरामपुर बस्ने १७ बर्षीय निखिल कौसल र सोही ठाउँका सुरज सोनी पैरा खोलाको पहिरोमा पुरिएका थिए ।

आफु सवार गाडी पहिरो खसेको ठाउँमा रोकिए पछि दुबै जना बाटो पार गर्न खोस्दा पहिरोसंगै माथिबाट आएको बाढीमा पुरिएर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

पहिरोमा परेर हराएका मध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अर्का एक जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तराईको जिल्ला कपिलवस्तुको पश्चिम क्षेत्रको केहीँ भाग पहाडी क्षेत्र पर्छ । पूर्व पश्चिम राजमार्गमा पर्ने उक्त क्षेत्र बर्खामा जोखिमपूर्ण मानिन्छ । दाङसंग सीमा जोडिएको यो क्षेत्र कपिलवस्तु, दाङ र अर्घाखाँचीको पहाडी क्षेत्र हो । मानिसको बसोबास भने राजमार्ग आसपासमा नगन्य रहे पनि अन्यत्र छैन् ।

यो पनि…

कपिलवस्तुमा खोलाले बगाउँदा दुई भारतीय बेपत्ता

प्रकाशित मिति : ६ असार २०७९ सोमबार ००:००  ३ : १७ बजे