९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अघोषित लोडशेडिङ हुन थालेको भन्दै दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार



दाङ ।

अघोषित लोडशेडिङ हुन थालेको भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ । आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएको हो ।

प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताउनुभयो । कार्यालय पुगेको समूहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणि विकलाई भेटेर समस्या राख्नुका साथै यथाशीघ्र समाधान गर्नसमेत आग्रह गरेको थियो ।

काङ्ग्रेस क्षेत्र नं २ का सभापति खड्का, प्रदेश २ क का सभापति प्रकाश श्रेष्ठ, नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी, दाङ उद्योग वाणिज्य सङ्घका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरालगायतको टोली कार्यालय पुगेको थियो ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  ५ : १२ बजे