काठमाडौं ।
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ । खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।
‘खोपलाई भण्डारण गरेर राखिदैन । खोप आउने बित्तिकै विमानस्थलबाट वितरण गछौं,’ चौरासियाले भने,’ असारको ९ बाट नै बालबालिकालाई खोप लगाउन सुरु गरिनेछ ।’
नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
प्रतिक्रिया