९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चुरे दिवसः वाणगंगाको मधुवनधाममा बृक्षारोपण



मायादेवी अनलाइन, जितपुर ।

आठौँ राष्ट्रिय चुरे दिवस कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा कपिलवस्तुको वाणगंगा ८ मधुवनधाममा बृक्षारोपण गरिएको हो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिती कार्यक्रम कार्यान्वयन इकाई बुटलको आयोजनामा मधुवनधाममा ६ हजार ७ सय विरुवा रोपिने बोर्डका सदस्य सुस्मिता ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी ले बृक्षारोपण गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।

सोहीक्रममा बोल्दै मुख्यमन्त्री केसीले विरुवाको संरक्षणमा जोड दिन आग्रह गर्नुभयो । यस्तै सांसद पन्थीले दिवसका अवसरमा रोपिएका विरुवाको संरक्षण र प्रर्वद्धनमा ध्यानदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल, शान्ति कुञ्ज मधुवनधामका उपाध्यक्ष चक्र बहादुर भण्डारी लगाएतले बोल्नुभएको थियो । बोर्डका सदस्य सुस्मिता ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निर्मल थापाले गर्नुभएको हो ।

मधुवनधाममा बृक्षारोपण तस्बीरमा हेरौँ

प्रकाशित मिति : २ असार २०७९ बिहिबार ००:००  ८ : २८ बजे