९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा एक महिनाको अवधिमा २१ जना महिला तथा बालबालिका हराए



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा महिला तथा बालबालिका हराउनेको संख्यामा बृद्धि भएको छ । गएको जेष्ठ महिनामा जिल्लाभरबाट २१ जना महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तु प्रहरीका अनुसार १० स्थानीय तह मध्ये सबैभन्दा बढी बाणगंगाबाट महिला तथा बालबालिका हराएका छन् ।

बाणगंगाका ८ जना हराउँदा बुद्धभूमि नगरपालिका ५ जना हराएका छन् । कपिलवस्तु नगरपालिकाका ३ जना, मायादेवी गाउँपालिकाका २ जना, शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र शुद्धोधन गाउँपालिकाका एक एक जना हराएको प्रहरीको रिर्पोटमा उल्लेख छ ।

यस्तै हराएका मध्ये १२ जना फेला परेका छन्, भने ९ जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।

भारतीय खुला सीमानाका कारण बालबालिका हराउनेको संख्यामा बृद्धि छ भने, घरेलु हिंसा, पारिवारिक बेमेल र प्रेमजालमा परेकै कारण महिला हराउने गरेका विभिन्न तथ्यले बताउँछ ।

प्रकाशित मिति : २ असार २०७९ बिहिबार ००:००  ९ : ३० बजे