काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् समिति बैठक बोलाउने भएको छ । बुधबार सम्पन्न स्थायी कमिटीको बैठकले असार १३ र १४ गते गर्ने केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि पार्टी पोलिटब्युरो बैठक असार १० र ११ गते बस्नेछ ।
बुधबार सम्पन्न बैठकले पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल भएर पारित पनि गरेको छ । छलफलमा २७ जना नेताहरुले आ–आफ्नो धारणा राखेको महासचिव बेदुराम भुसालले जानकारी दिए । छलफलपछि अध्यक्षले बैठकमा उठेका जिज्ञासाहरुको जवाफ दिंदै प्रतिवेदन पारित गर्न प्रस्ताव गरेको र सर्वसम्मतीले उक्त प्रतिवेदन पारित गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया