९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा डस्टविनभित्र नवजात शिशुको शव फेला



कपिलवस्तु ।

कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालको कर्मचारीले प्रयोग गर्ने शौचालयमा नवजात शिशुको शव फेला परेको छ । बिहान ९ः३० बजे ईनडोर रुमको बिरामी भर्ना गर्ने कक्ष शौचालयको डस्टविनभित्र फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

अन्दाजी ७ महिनाको नवजात शिशु सालनालसहित डस्टविनमा फेला परेपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जेसी शाहले बताउनुभयो । घटनास्थलको मुचुल्का उठाएर अस्पतालमा रहेको सीसीटिभी फुटेज निकालेर अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९ बुधबार ००:००  ६ : ५० बजे