गुल्मी ।
जिल्ला समन्वय समिति ९जिसस० गुल्मीमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका दोर्णबहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका छन् ।
कांग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भएका छन् । नेकपा एमालेतर्फका प्रमुखका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामीले एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतान्तरले नै पराजित गरेका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीको जिसस सदस्यमा महेश्वर भण्डारी, शेरबहादुर विक, सुनिता जिसी कुवँर,शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र निरमाया राना विजयी भएका छन् ।
सदस्य सबैले १५ मत प्राप्त गरेका छन् भने महेश्वर भण्डारीले १४ मत ल्याएका छन् । जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।
प्रतिक्रिया