बर्दिया ।
जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । जिसस उपप्रमुख र सात सदस्यमा पनि काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भए ।
आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा काँग्रेस विजयी भएको थियो । गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा काँग्रेस विजयी भएको थियो ।
राजापुर नगरपालिकाको प्रमुख–उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको थियोे । बाँसगढी नगरपालिकाको प्रमुख–उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा ९एमाले० विजयी भएको थियो ।
प्रतिक्रिया