९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पूर्व-पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे खण्ड स्तरोन्नतिको काम शुभारम्भ, सडक ४ लेनको बन्दै



मायादेवी अनलाइन, बाणगंगा ।
सरकारले आव ०७९/०८० को बजेट भाषणमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्डको स्तरोन्नतिका लागि बजेट छुट्याएसंगै यसको काम अगाडी बढेको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नं. १ देखि बुद्धभूमि नगरपालिकाको वडा नं. ४ सम्म ५० किलोमिटरसम्म फोर लेनको बनाउने गरि सरकारले बजेट छुट्याएको छ ।

बजेट छुट्याइएसंगै पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजनाले सडक निर्माणको प्रारम्भिक काम थाल्दै वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ ।

रुपन्देही र कपिलवस्तु जिल्लाका ५ स्थानीय तह समेटेको यो सडकखण्ड निर्माण आयोजनाले प्रभावित क्षेत्रका सरोकारवाला र सर्वसाधाणका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको हो ।

स्तरोन्नति हुन लागेको यो सडकखण्डमा बुटवल उपमहानगरपालिकाका वडा नं. १, २, १२ र १३, सैनामैना नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिकाको वडा नं. ५, बाणगंगा नगरपालिकाका वडा नं. १, २, ४, ७ र ८, बुद्धभूमि नगरपालिकाका वडा नं. २ र ४ वडाहरु पर्दछन् ।

यी वडाहरु मध्ये बुद्धभूमिमा असार १२ गते, बुटवल र बाणगंगामा असार १३ गते, असार १४ गते कञ्चन र असार १६ गते सैनामैना नगरपालिकामा सार्वजनिक सुनुवाई हुने छ ।

जनसंख्याको तीव्र चाप रहेको रुपन्देही र कपिलवस्तुमा बन्न लागेको फोर लेनको सडक निर्माणले यस क्षेत्रको मुहार फेरिने छ । सडक साघुँरो हुँदा सडक दुर्घटनामा बृद्धि भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०७९ बुधबार ००:००  ८ : ०२ बजे