९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एक्सनमा उत्रिए शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले सरकारी स्वास्थ्य स्वास्थ्यको अनुमगन गरेका छन् ।

पालिका भित्र सञ्चालनमा रहेका सरकारी स्वास्थ्य संस्थाको अध्यक्ष चौधरीले अनुगमन गरेका हुन् ।

पालिकाबासीले स्वास्थ्य संस्थाबारे विभिन्न गुनासाहरु गरेपछि चौधरी आफै अनुगमनमा निस्किएका हुन् ।

विशेष गरि जनप्रतिनिधिले भौतिक पूर्वाधारको मात्र अनुगमन गर्ने गरेका छन् । जसले गर्दा आम शिक्षा, स्वास्थ्य जस्ता मानिसका आधारभूत आवश्यकता पूर्ती गर्ने क्षेत्र धरासायी बन्दै गइरहेका छन् ।

मंगलबार चौधरीले पालिका भित्रका स्वास्थ्य संस्थाको अवलोकन गर्दै कमजोरी भेटिएका ठाउँमा कडा चेतावनी दिदैं तत्काल कमीकमजोरी हटाउन निर्देशन दिएका छन् ।

स्वास्थ्य संस्था अनुगमनका क्रममा अध्यक्ष चौधरीले कर्मचारी नियमित छ कि छैन्, सरसफाईको अवस्था के छ, विरामीले कसरी सेवा लिइरहेका छन् भन्ने जस्ता कुरामा गम्भीर चासो लिएका थिए ।

अध्यक्ष चौधरीले स्वास्थ्य संस्थाका शौचालयको अवस्था दयनिय रहेको भन्दै तत्काल सफा गर्न निर्देशन दिए ।

काम चोर कर्मचारीलाई कडा निर्देशन दिदैं नियमित काममा आउन आग्रह गरे । यदी नियमित काममा नआएको थाहा पाए ठाउँको ठाउँ कारबाही गर्ने उनले चेतावनी दिए ।

स्वास्थ्य संस्थामा समस्या परे पालिकामा आएर समस्या राख्न आग्रह गर्दै जनताको स्वास्थ्य उपचार राम्रोसंग गर्न उनले स्वास्थ्यकर्मी समक्ष आग्रह गरेका छन् । राज्यले सञ्चालनमा ल्याएका स्वास्थ्य संस्था उत्कृष्ट हुनुपर्ने भन्दै यसका लागि पालिकाले के के सहयोग गर्न पर्छ सहयोग गर्न तयार रहेको उनले बताएका छन् ।

यस्तै उनले सामुदायिक विद्यालयहरुको पनि अनुगमन गरेका छन् । सरकारी विद्यालयको पढाई गुणस्तर नभएको गुनासा आउन थालेपछि उनले अनुगमन गरेका छन् ।

उनले तत्काल सामुदायिक विद्यालयको पढाईलाई गुणस्तरीय बनाउन शिक्षकलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९ मंगलबार ००:००  ५ : २४ बजे