९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन



काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालय त्रिवि को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन भएको छ । रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिस्ट्रार दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताउनुभयो ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ुपब्लिक इकोनोमिक्सु र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्सु विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको त्यस विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको छ ।

त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन लगाए पनि प्रश्नपत्र सेट गर्नेको लापर्बाहीका कारण अघिल्लो वर्षको प्रश्नपत्र दोहरिने गर्दछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९ सोमबार ००:००  ३ : ०२ बजे