९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु



काठमाडौं ।

काठमाडौं, चितवन, नवलपरासी पूर्व, बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित सडकमा ना।५ ख २८१९ नम्बरको आईचर गाडीले बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार काँडाघारी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका(५ घर भएकी ३४ वर्षीया संझना राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । आइचर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता चितवनको रत्ननगर नगरपालिका(५ मगरटोलस्थित सडकमा बा।२० च ४११४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीया सेतीमाया घलान अधिकारीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । साथै ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया राधिका बोटेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ । कार धनीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्व को मध्यविन्दु नगरपालिका ७ गोछडाटारमा ना।७ त ३७७५ नम्बरको ट्याक्टरको ढाला पल्टिएर च्यापिँदा ट्याक्टर चालक कावासोती नगरपालिका(१७ बस्ने ५५ वर्षीय शान्तिनाथ महतोको आइतबार दिउँसो मृत्यु भएको छ । खेतबाट मकैको ढोड लोड गरी बाटोमा निस्कने क्रममा ट्याक्टर फसेपछि ढालाको चक्का अगाडिको माटो पन्छाउने क्रममा ढाला पल्टिएर च्पापिँदा गम्भीर घाइते भएका शान्तिनाथको मध्यविन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको महागढिमाई नगरपालिका ८ थलही पुलस्थित सडकमा प्र २ ०३ ००४ प ७९३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलभन्दा करिब २५ फिट तल खसेर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक सूवर्ण गाउँपालिका(७ सनफुल्वा बस्ने ३५ वर्षीय विरूलाल यादव र मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय मेवा चन्द्र यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बाँकेको राप्तिसोनारी गाउँपालिका २ हरिहरपुर बस्ने सन्तोष बिकको छोरा ११ वर्षीय सुनिल बिकले चलाएको साइकल आफैँ अनियन्त्रित भई पल्टिएर आइतबार साँझ दुर्घटना हुँदा सुनिलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका साइकलमा सवार सोही ठाउँ बस्ने वेद प्रसाद भण्डारीको छोरा १४ वर्षीय करण भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ नाबिन क्रसरस्थित सडकमा प्रदेश २०३ ००१ ख ०२४२ नम्बरको बसले ना।२ ह ६४ नम्बरको अटोलाई सोमबार बिहान ठक्कर दिँदा अटोका चालक बारा रतनपुर गाउँपालिका डम्बरपुर बस्ने २६ वर्षीय मिलन सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार हेटौंडा उपमहानगरपालिका १२ गुरुविर्ता बस्ने ३५ वर्षीय सुवास सुनारको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९ सोमबार ००:००  १२ : ५९ बजे