दाङ ।
काठमाडौंको लैनचौरमा एक व्यापारीबाट ३५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुदन नेपालीलाई दाङको भालुबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसहित ३ जनाले जेठ ८ गते लैनचौरको एक व्यापारीसँग ३५ लाख रुपैयाँ लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय भालुवाङले शुक्रबार साँझ भालुवाङमा आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको एसपी सुरेश काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया