काठमाडौं।
आज केही जिल्लाका नदी तथा खोलामा पानीको बहाब बढ्ने भएको छ।
संखुवासभा, पर्वत, स्याङ्जा र आसपास भई बहने केही स–साना नदीमा आकस्मिक बहाब आउनसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आगामी तीनदिन प्रमुख नदीमा बहाब सतर्कता तहभन्दा तलै रहनेछ। यद्यपि, नदी तटीय क्षेत्रका काम गर्दा सतर्क हुन आग्रह गरिएको छ।
प्रतिक्रिया