मायादेवी अनलाइन, कृष्णनगर ।
भारतीय सीमानाकामा अवस्थित क्वारेन्टिन कार्यालय कृष्णनगरले भन्सार एजेन्ट तथा सुरक्षाकर्मी निकाय बीच अन्तरक्रिया कार्यक्रम राखेको छ ।
कार्यालय परिसर भित्र कार्यायलका प्रमुख बुद्धिराम भट्टराईले अन्तरक्रियाको सहजिकरण गर्दैै कार्यालयले गर्ने काम, बार्षिक प्रगतिबारे जानकारी दिएका थिए ।
दोस्रो मुलुक हुँदै आउँने कृषिजन्य वस्तुको अनुगमन, निरिक्षण र प्रमाणीकरण गर्दै आएको क्वारेन्टिन कार्यालयले भन्सार एजेन्ट र सुरक्षाकर्मीसंग थप सहकार्यको अपेक्षा गरेको कार्यालय प्रमुख भट्टाईले बताए ।
भारतबाट आउने फलफूल, खाद्यान्न र तरकारीको आयातमा विशेष निगरानी गर्दै आएको कार्यालयको मुख्य काम रोगकिराको लक्षण भए नभएको, सडेगलेको छ छैन्, माटो, झारपातको बीउ आएको छ छैन् यसको विशेष निरिक्षण गर्ने गरेको छ ।
साथै विषादीयुक्त कृषिजन्य बस्तुमा शंका लागे कार्यालयलाई प्रयोगशालामा परिक्षण गर्ने अधिकार छ ।
कृष्णनगरमा मुख्य कार्यालय रहेको क्वारेन्टिन कार्यालयले सुठौली भन्सार नाकामा पनि शाखा कार्यालय स्थापना गरि काम गर्दै आएको छ ।
गोष्ठिमा कृष्णनगर भन्सार कार्यालयका भन्सार अधिकृत विकास उपाध्यायले भन्सार कार्यालय क्वारेन्टिन कार्यालयसंग थप मिलेर सहकार्य गर्न चाहेको बताए । उनले कानुनले दिएका सबै अधिकार प्रयोग गरि दुई देश बीचको आयात, निर्यातमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यालयका बाली संरक्षण अधिकृत नन्दलाल पाण्डेयले गोष्ठिको सहजिकरण गरेका थिए भने, कार्यक्रममा उपस्थित भन्सार एजेन्टले कार्यालयसंग सहकार्य गरी व्यापारी सहजिकरण गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया