काठमाण्डौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डौ अब फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।
आज शुक्रवार सहरी विकास मन्त्रालयमा भएको ल्यान्डफिल्ड साइट बञ्चरे डाँडा र सरकारवाला निकायहरूबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले काठमाण्डौ उपत्यकामा जम्मा भएको फोहोर व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाण्डौ अब फोहोर थेग्ने अवस्थामा छैन । जनस्वास्थ्यको हिसाबले पनि अत्यन्त बिजोक भएको अवस्था छ ।’
विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिबद्धता गर्दै महामन्त्री थापाले स्थानीयवासीले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गर्नुभयो । महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्त्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले सरकारसँग भएको पैसाबाट नै ल्यान्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले काठमाण्डौमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरू रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोर्याउनुभयो ।
प्रतिक्रिया