कपिलवस्तु ।
जिल्ला समन्वय समिति जिसस कपिलवस्तुको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले बराबर मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट प्रमुखमा कांग्रेसका ज्ञान बहादुर कार्की, उप–प्रमुखमा जसपाका विरेन्द्र प्रताप गडेरियाले उम्मेदवारी दिएका थिए भने नेकपा एमाले, राप्रपा र लोकतान्त्रिक समाजवादीबाट प्रमुखमा एमालेका बाबुराम आचार्य, उप–प्रमुखमा लोसपाका रमेश कुर्मीले उम्मेदवारी दिएका छन् ।
जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा माओवादी केन्द्रलाई साथमा लिएको छ भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच चुनावी तालमेल गरेको थियो ।
प्रतिक्रिया