काठमाडौं ।
हाल नेपालको पूर्वी भू(भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू(भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया