८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जिसस कपिलवस्तुको चुनाव आज हुँदै



मायादेवी अनलाइन, बाणगंगा ।
जिल्ला समन्वय समिति कपिलवस्तुको आज चुनाव हुँदैछ । जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र)लाई साथमा लिएको छ भने, एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गरेको छ ।

सत्तारुढ कांग्रेस, माओवादी र जसपा गठबन्धनबाट प्रमुखमा कांग्रेसका ज्ञान बहादुर कार्की, उप-प्रमुखमा जसपाका विरेन्द्र प्रताप गडेरियाले उम्मेदवारी दिएका छन् ।

नेकपा (एमाले), राप्रपा र लोकतान्त्रिक समाजवादीबाट प्रमुखमा एमालेका बाबुराम आचार्य, उप-प्रमुखमा लोसपाका रमेश कुर्मीले उम्मेदवारी दिएका छन् ।

१० स्थानीय तह रहेको जिल्लामा जिसस चुनावको लागि २० मत छ । पालिकाका प्रमुख र उप-प्रमुख यसका मतदाता रहने प्रावधान अनुसार कांग्रेस गठबन्धनसंग ११ मत छ भने, एमाले गठबन्धनमा ९ मत रहेको छ ।

यस्तै सत्तारुढ गठबन्धनबाट सदस्यहरुमा कांग्रेसबाट मनोहर धुनिया, सुनिता चमार, ताहिरा खातुन, माओवादीबाट सदस्यहरुमा मीना हरिजन, राजेन्द्र कुमार कुर्मी उम्मेद्वार छन् ।

जसपाबाट सदस्यमा रामु अहिर र सन्ध्या पौडेल उम्मेद्वार रहेका छन् ।

एमाले इतर गठबन्धनबाट सदस्यहरुमा एमालेबाट सुमित्रा दमै, सकुन्तला भण्डारी, कमला पौडेल, यार महोम्मद उम्मेद्वार छन् ।

राप्रपाबाट सदस्यमा राहुल हलुवाई, इन्द्रवावती पासी र लोसपाबाट सदस्यमा राजु कलवारले उम्मेद्वारी दिएका छन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९ शुक्रबार ००:००  ७ : ३६ बजे