९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आगामी असार १० गते वाणगंगा नगरपालिका बालश्रममुक्त नगर घोषणा हुने



बाबुराम रायमाझी, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका बालश्रममुक्त नगर घोषणा हुने भएको छ ।

नगरपालिकालाई आगामी असार १० गते शुक्रबारका दिन बालश्रममुक्त नगर घोषणा गर्नका लागि नगरका ११ वटै वडाका वालमैत्री सहजकर्ताबाट वाणगंगा नगर पालिका अन्तर्गत रहेका उधोग,कलकारखाना,होटल,रेष्टुरा,सवारी साधन यातायातमा प्रयोग हुने बालबालिका जस्ता ठाउँमा पुगी सहजकर्ताबाट बालश्रमको सूचकको मापनका लागि घरधुरी सर्वेक्षण काम पुरा गरी नगरमा रहेका उधोग वाणिज्य संघ,गैर सरकारी संस्था,नागरिक समाज,मानव अधिकार समूहका प्रमुखहरु,पत्रकार, नगरका विषयगत शाखा प्रमुख र ११ वटै वडाका वडाध्यक्ष उप प्रमुख रिता चौधरी थारु, प्रमुख प्रशासकिय प्रमुख टेकराज पन्थी वीच छलफल भई सो कार्यक्रमलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा नगरका ११वटै वडाबाट भए गरेका घरधुरी सर्वेक्षण रिपोर्टको अध्ययन,नगरका विषयगत शाखा,संघ÷संस्थाले पुरा गर्नुपर्ने सूचकहरु र बालश्रम भए नभएको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

सो कार्यक्रममा वाणगंगा नगरका वालश्रममुक्त स्थानिय समन्वय समितिका अध्यक्ष एवम नगर प्रमुख चक्रपाणि अर्यालले वाणगंगा नगर यस भन्दा अघि वालमैत्री नगर घोषणा भई कपिलवस्तु जिल्लामा प्रथम मुलुकमा ९औ भएको कुरा बताउँदै वाणगंगा नगरबासीमा जनचेतनामा अघि रहेको हुँदा नगरमा रहेका संघ÷संस्था विधालय,गै स स सबैलाई नगरमा बालबालिकामा बालश्रमको अन्त्य गरी नगरलाइ बालश्रममुक्त नगर घोषणा अभियानलाई सफल बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९ शुक्रबार ००:००  ६ : ०५ बजे