काठमाडौँ ।
जेष्ठको अन्तिम हप्ता लागि सक्दा पनि गर्मी निकै नै बढेको छ । गर्मीयामसँगै तापक्रम बढेको छ । तराईका क्षेत्रमा मौसम पूर्वानुमान शाखाले तातो हावा ‘लु’ चल्न सक्ने जनाएको छ ।
तातो हावा तथा ‘लु’ लाग्दाका लक्षणहरु
–हृदयको गति तीव्र हुने,
– शरीरबाट पसिना ननिस्किने,
– टाउको अत्यधिक दुख्ने,
– चक्कर लाग्ने, अचेत हुने
– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने,
– छाला सुख्खा ,रातो वा तातो हुने,
बच्ने उपायहरु
चिकित्सकहरुका अनुसार गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्छ । माथि उल्लेखित असरहरु देखिएका बिरामीलाई तुरुन्त नजिकैको अस्पताल लैजानुपर्छ ।
के गर्ने ?
–दिउँसो घरबाट बाहिर ननिस्कने,
–फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने,
–बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने,
–चिसो पानीेले नुहाउने
–क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने,
– खेतबारीका कामकाज सकभर बिहान वा बेलुका गर्ने,
– मदिरा सेवन नगर्ने
– चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने ।
प्रतिक्रिया