८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रचण्ड भेट्न खुमलटार पुगे गृहमन्त्री



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा समसामयिक राजनीतिबारे छलफल भएको थियो ।

भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो ।

यस्तै, भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको बताइएको छ ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । भेटमा त्यसबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९ शनिबार ००:००  २ : ४३ बजे