८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अमृते सामुदायिक वनद्धारा आफ्ना उपभोक्तालाई डस्टबिन वितरण



बाबुराम रायमाझी, भलवाड ।

अमृते सामुदायिक वनले आफ्ना उपभोक्तालाई डस्टबिन बितरण गरेको छ । ‘हामी हाम्रो गाउँ टोल सफा बनाऔं, फोहोर व्यवस्थापन गरी वातावरण स्वच्छ राखौं’ भन्ने मूल नाराका साथ वाणगंगा ९ भर्तापुरमा रहेको अमृते सामुदायिक वन उपभोक्ता समूहले समूहका ३ सय घरधुरीका उपभोक्तालाई डस्टविन वितरण गरेको हो ।

२ लाख ७२ हजारको लागतमा वन उपभोक्तालाई एक कार्यक्रमवीच १÷१ थान डस्टबिन बितरण गरिएको थियो । कार्यक्रममा समूहका अध्यक्ष गोपाल गिरी, उपाध्यक्ष राधा खनाल, सचिव मीना सिंजापति, कोषाध्यक्ष नेत्र प्रसाद बुढाथोकी लगायतले समुदायमा उचित तवरबाट फोहोर व्यवस्थापन गर्नका लागि डस्टबिन बितरण गरेको बताएका छन् ।

कार्यक्रममा डस्टबिन बितरण गर्दै गिरीले अमृते सामुदायिक वनले सामाजिक क्षेत्रमा बिभिन्न रचानात्मक कार्य गर्दै आएको वताएका थिए ।

किसानलाई बेमौसमी तरकारीको बीउबिजन, जैविक मल, फलामे चुल्हो बितरण गरीसक्नुका साथै यात्रुहरुलाई मध्यनजर राख्दै भर्तापुर शिवालय मन्दिर अगाडी जिनुवा, भर्लावास सडकमा प्रतिक्षालय निर्माण गरेको बताएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९ शनिबार ००:००  २ : ३४ बजे