मकवानपुर ।
अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एक जनालाई पकाउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका(२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजो बिहान हेटौँडा उपमहानगरपालिका १ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ वटा नागरिकता समेत फेला पारेको छ ।
यस्तै बुबाको नाममा सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा दिँदै गर्दा एक जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगर(११ मा रहेको यातायात व्यवस्था कार्यालयबाट अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका(७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका हुन् ।
सन्तोषले उनका बुबा टुकनाथ गौतमको नाममा परीक्षा दिएका थिए । दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया